Kathmandu Press

बिपिनको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको निरन्तर पहल

उनले गत बर्षको सयुक्त राष्ट्र संघीय महासभामा पनि जोशीको रिहाईको लागि पहल गर्न अन्तराष्ट्रिय समुदायलाई अनुरोध गरेकी थिइन्।
बिपिनको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको निरन्तर पहल

काठमाडौं, भदाै ३ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशीलाई अपहरण मुक्त गर्न अन्तराष्ट्रिय फोरमदेखि कुटनीतिज्ञसँग सुरुदेखिनै अनवरत प्रयाश गरेकी छन्।

उनी परराष्ट्र मन्त्री भएदेखिनै हमाशको अपहरणमा परेका जोशीलाई अपहरण मुक्त गर्न नेपाल सरकारले गर्न सक्ने सबै प्रयाश गरेकी छन्।

उनले गत बर्षको सयुक्त राष्ट्र संघीय महासभामा पनि जोशीको रिहाईको लागि पहल गर्न अन्तराष्ट्रिय समुदायलाई अनुरोध गरेकी थिइन्। 

Hardik ivf

bb-1755615892.jpg

डा. राणाले कतार सरकारका परराष्ट्र र दिगो विकास विषेश दूत बदेर ओमर स्मायलीदेखि अमेरिकाका राष्ट्रपति डोनाल्र्ड ट्रम्पका राष्ट्रिय सुरक्षा मामिलाका विषेश सहयोगी रिक्की गिल, युक्रेनका विदेश मन्त्री एन्द्री सिविया, कतारका विदेश मामिला राज्यमन्त्री सुल्तान मुराखी, इरानका विदेश मन्त्री अब्बास अर्गाची लगायतसँग भेट गरेर जोशीको रिहाइको पहल गर्न अनुरोध गरेकी छन्। 

त्यसैगरी परराष्ट्र मन्त्रीले इजरायली राष्ट्रपति इशाक हर्जोगलाई पनि जोशीको रिहाइको पहल गर्न आग्रह गरेकी छन्। परराष्ट्र मन्त्री राणाले इजरायली परराष्ट्र मन्त्री गिदेन सावरलाई पनि फोन गरेर जोशीको रिहाइको पहल गर्न अनुरोध गरेक थिइन् । उनले इजिप्टका परराष्ट्र मन्त्री बदर अब्देल अटी लगायत मध्यपूर्वका अधिकांश देशका परराष्ट्र मन्त्री समक्ष भेटेर वा टेलिफोन गरेर जोशीको रिहाइको पहल गर्न अनुरोध गरेकी छन्। 

b-1755615892.jpg

डा. राणाले नेपालस्थित सबै राजदूतहरुसँग जोशीको रिहाइका लागि कुटनीतिक पहल गर्न अनुरोध गरेकी छन् । दुई बर्ष अघि हमाशको हपरणमा परेका जोशीको अवस्था अहिलेसम्म अज्ञात छ।

 

प्रकाशित मिति: १८:५० बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्