‘समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न साझा एजेण्डामा काम गर्न आवश्यक’
उनले देशले र भूगोलले फरक ठाउँमा भएपनि जलवायु परिवर्तनका समस्याहरु साझा भएको बताउँदै ती साझा समस्याहरुलाई साझा रुपमा नै समाधान गर्नुपर्ने धारणा राखिन्।
काठमाडौं, भदौ ३ : राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले वायु प्रदुषण, जैविक विविधताको हस,जलवायु परिवर्तनबाट सृजित संकटजस्ता विषय साझा चुनौतीका रुपमा देखा परेको बताएकी छिन्।
मंगलबार हिन्दुकुश हिमालय सांसदहरुको बैठकमा बोल्दै उनले स्वच्छ हावामा स्वास लिन पाउने नागरिकको नैसर्गिक अधिकार ,विद्यमान जैविक विविधताको उचित संरक्षण र प्रकृति र समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न यस क्षेत्रका सांसद तथा सरकारहरु मिलेर साझा एजेण्डामा काम गर्न आवश्यक रहेको बताइन्।
‘वायु प्रदुषण जैविक विविधताको हस,जलवायु परिवर्तनबाट सृजित संकट जस्ता विषय साझा चुनौतीका रुपमा देखा परेको छन्, उनले भनिन्, ‘स्वच्छ हावामा स्वास लिन पाउने नागरिकको नैसर्गिक अधिकार ,विद्यमान जैविक विविधताको उचित संरक्षण र व्यवस्थापन गरेर त्यसबाट समुदायले लाभ प्राप्त गर्ने सम्भावना तथा प्रकृति र समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न यस क्षेत्रका सांसद तथा सरकारहरुमिलेर साझा एजेण्डामा काम गर्न आवश्यक छ।’
उनले देशले र भूगोलले फरक ठाउँमा भएपनि जलवायु परिवर्तनका समस्याहरु साझा भएको बताउँदै ती साझा समस्याहरुलाई साझा रुपमा नै समाधान गर्नुपर्ने धारणा राखिन्।












