Kathmandu Press

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने बाध्यता छ : सभापति देउवा

उनले समावेशी, समानुपातिक आधारको संविधानका कारण कुनै पार्टीको बहुमत नआउने भएकाले प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए।
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने बाध्यता छ : सभापति देउवा

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व.खड्गबहादुर बस्यालको श्रद्धान्जली सभामा बोल्दै उनले समावेशी, समानुपातिक आधारको संविधानका कारण कुनै पार्टीको बहुमत नआउने भएकाले प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। 

‘अहिलेको जुन संविधान छ यो समावेशी समानुपातिक आधारको छ। कुनै पार्टीको बहुमत आउँदैन। त्यस्तो किसिमको अवस्था छ। सबै पार्टीसँग मिलेर हिड्नुपर्ने आवश्यकता छ, बाध्यता छ,’ उनले भने, ‘त्यसै आधारमा नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको छ। सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिस्पर्धसँग मिलेर काम गर्नुपर्ने अवस्था छ।’

सभापति देउवाले समावेशी संविधान बनेको कारण महिला, जनजाति, आदिवासी, मधेसीको अधिकार समेटिएको बताए। 

 

प्रकाशित मिति: १९:४७ बजे, मंगलबार, भदौ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्