Kathmandu Press

भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ : अध्यक्ष लिङ्देन

भ्रष्टाचारले गन्हाएका मान्छेहरुले सुशासनको गफ दिएर बसेको उनले बताए।
भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ : अध्यक्ष लिङ्देन

काठमाडौं, भदौ ३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बन्न नसक्नुको कारण भ्रष्टाचार रहेको बताएका छन्। 

मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्ट्राचारीहरुले नै सुशासनको गफ दिंदा दुर्गतीमा फस्दै गएको बताए।

उनले नेपालको राजनीतिमा आफू सँधै भ्रष्टाचारको विरुद्धमा रहेको बताए। भ्रष्टाचारले गन्हाएका मान्छेहरुले सुशासनको गफ दिएर बसेको उनले बताए।

‘भ्रष्टाचारले गन्हाएका मान्छेहरुले सुशासनको गफ दिएर बसेका छन्। तिनै मान्छेहरु संस्थाहरुमा गएर अर्ति उपदेश दिएको सुन्छु,’ उनले भने, ‘तर म गर्भका साथ भन्छु, नेपालको राजनीतिमा कोही एउटा पात्र छन् भने म मात्रै हुँ। जो भ्रष्टाचारको विरुद्धमा छु। मैले भ्रष्टाचार गरेको छैन र म भविष्यमा पनि गर्ने छैन्।’

 

प्रकाशित मिति: १९:३० बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्