Kathmandu Press

गृह मन्त्रालयमा २ अर्ब ३६ करोड १२ लाख बढी बेरुजु फर्छयौट

अघिल्लो आर्थिक वर्षसम्म गृह मन्त्रालय अन्र्तगत कुल बेरुजु ३ अर्व ७२ करोड ४५ लाख ८७ हजार फर्छयौट बाँकी रहेको थियो। 
गृह मन्त्रालयमा २ अर्ब ३६ करोड १२ लाख बढी बेरुजु फर्छयौट

काठमाडौं, भदौ ३ : बेरुजु फर्छयौट गरी बित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशिलता बढेको छ। 

गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो बर्षमा आ व २०८१÷०८२ मा हालसम्मकै उच्च रु २ अर्व ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छयौट तथा गरेको छ। अघिल्लो आर्थिक वर्षसम्म गृह मन्त्रालय अन्र्तगत कुल बेरुजु ३ अर्व ७२ करोड ४५ लाख ८७ हजार फर्छयौट बाँकी रहेको थियो। 

गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायहरुको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र वित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए। मन्त्रालयका अनुसार गत आर्थिक बर्षमा सम्परीक्षण तथा फर्छयौट प्रगति ६३.१७ प्रतिशत रहेको छ।

‘चालु आर्थिक बर्षमा अब रु १ अर्व ४७ करोड ४५ लाख मात्रै कुल बेरुजु बाँकी छ,’ आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भने, ‘कार्य योजना बनाएरै मन्त्रालय बेरुजु फच्र्यौटमा लागेको छ।’

उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक बर्ष २०८१/०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताएका छन्। 

‘आर्थिक बर्ष २०७८÷०७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो,’ अधिकारीले भने, ‘अहिले शुन्य प्रतिशतमा झरेको छ।’ 

मन्त्रालयले बेरुजु फच्र्यौट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ। 

समितिले विगत बर्षहरुको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्य योजना बमोजिम समितिको बैठक बसेर प्रगति समिक्षा गर्ने लगायतका काम निरन्तर गर्दै आएको छ। 
 

प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्