Kathmandu Press

महाभियोगको ससक्त विरोध गर्ने विपक्षी दलको निर्णय 

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रतिपक्षी दलहरूले महाभियोगको सशक्त प्रतिवाद गर्ने निर्णय लिएका हुन्। 
महाभियोगको ससक्त विरोध गर्ने विपक्षी दलको निर्णय 

काठमाडौँ, भदौ ३ : विपक्षी दलहरूको सामुहिक बैठकले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको प्रयासको सशक्त विरोध गर्ने निष्कर्ष निकालेको छ।

मंगलबार सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको हो। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रतिपक्षी दलहरूले महाभियोगको सशक्त प्रतिवाद गर्ने निर्णय लिएका हुन्। 

सत्तारुढ कांग्रेस–एमालेका सांसदहरूले आज बिहानैबाट उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएपछि निर्णय लिन विपक्षी दलहरु एक ठाउँमा जुटेका हुन्। 

विपक्षी दलहरुले महाभियोगको बिषयलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा पनि उठाउने निर्णय लिएका छन्। 

सिंहदरबारमा भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महाभियोगबारे ब्रिफिङ गरेका थिए। 

प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्