Kathmandu Press

उपसभामुखविरुद्ध महाभियोगको तयारीेपछि विपक्षी दल छलफलमा 

सिंहदरबारमा बैठक बस्ने तयारीस्वरुप विपक्षी दलका नेताहरुबीच छलफल चलेको छ।
उपसभामुखविरुद्ध महाभियोगको तयारीेपछि विपक्षी दल छलफलमा 
फाइल तस्बिर।

काठमाडौं, भदौ ३ : सत्ता घटक दलले उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोगको तयारी गरेपछि निर्णय लिन भन्दै माओवादी केन्द्रसहित विपक्षी दलका नेताको बैठक बस्ने तयारी भएको छ। 

सिंहदरबारमा बैठक बस्ने तयारीस्वरुप विपक्षी दलका नेताहरुबीच छलफल चलेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाए अनुसार माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक बस्दै छ। 

Hardik ivf

उपसभामुख रानामगरमाथि महाभियोग लगाउने सत्ताधारी दलको निर्णयको विरोधका लागि माओवादी केन्द्रको पहलमा विपक्षी दलको बैठक आयोजना गरिएको हो। 

माओवादी केन्द्रका अध्यक्ष दाहालले उपसभामुखलाई अनाहकमा हटाउने गलत कोशिस भएको भन्दै विरोध जनाईसकेका छन्। छलफलपछि विपक्ष दलबाट महाभियोगका बिषयमा साझा धारणा आउने जनाइएको छ।  

 

प्रकाशित मिति: १५:५० बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्