Kathmandu Press

‘उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता छैन’

मंगलबार सांसद्हरुसँग भएको छलफलपश्चात उनले हस्ताक्षर संकलन गरिरहेको अवस्था भएपनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै मिडियामा आएका कुराहरु सत्य नभएको बताए। 
‘उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता छैन’

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता नभएको बताएका छन्। 

मंगलबार सांसद्हरुसँग भएको छलफलपश्चात उनले हस्ताक्षर संकलन गरिरहेको अवस्था भएपनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै मिडियामा आएका कुराहरु सत्य नभएको बताए। 

‘हस्ताक्षर संकलन गरिरहेको अवस्था हो। कुनै प्रयोजनको लागि भनेर नै कुनै विषय तय गरेका छैनौं। उपसभामुखको विषयमा हामी निष्कर्षमा पुगेका छैनौं। कुनै छलफल पनि भएको छैन,’ उनले भने, ‘यो विषयमा जुन तरिकाले मिडियाहरुमा कुरा आएको छ त्यो सत्य होइन। उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुँदैन ।’

सोही क्रममा नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले भने महाअभियोग लाग्छ लाग्दैँन् थाहा नभएको भन्दै सबै जनासँग छलफल भईरहेको बताए। 

‘महाअभियोग दर्ताको कुरामा एक चौथाईले दर्ता हुन्छ बहुमतले निलम्बन हुन्छ । तर महाअभियोग प्रमाणित हुनको लागि दुई तिहाई चाहिन्छ,’ उनले भने, ‘महाअभियोग लाग्छ लाग्दैन, थाहा छैन्। त्यही पनि सबै जना सँग छलफल भयो भने सम्भावना नभएको होइन। छलफल पनि भइरहेको छ।’

प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, भदौ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्