Kathmandu Press

योगेश भट्टराई भन्छन्–  उपसभामुखलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन गरिएको होइन् 

‘कांग्रेस र हाम्रो सल्लाह भएर यो एकैदिन हस्ताक्षर भएको होइन्। संयोगले एकैदिन परेको मात्रै होला  हस्ताक्षर विभिन्न काममा प्रयोग हुन्छन्,’ उनले भने, ‘कुनै काम विशेषलाई भनेर हस्ताक्षर लिइएको होइन्। यो कामको लागि भनेर किटानी गरेर हस्ताक्षर गरेको छैन।’
योगेश भट्टराई भन्छन्–  उपसभामुखलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन गरिएको होइन् 

काठमाडौं, भदौ ३ : नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको स्पष्ट पारेका छन्। 

मंगलबार संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कांग्रेस र एमालेले एकैदिन सांसदको हस्ताक्षर लिनु सल्लाह नभएर संयोग भएको समेत जानकारी दिए। 

‘कांग्रेस र हाम्रो सल्लाह भएर यो एकैदिन हस्ताक्षर भएको होइन्। संयोगले एकैदिन परेको मात्रै होला  हस्ताक्षर विभिन्न काममा प्रयोग हुन्छन्,’ उनले भने, ‘कुनै काम विशेषलाई भनेर हस्ताक्षर लिइएको होइन्। यो कामको लागि भनेर किटानी गरेर हस्ताक्षर गरेको छैन।’

नेता भट्टराईले नेपालमा मात्रै होइन, संसदीय अभ्यास भएका देशहरूमा जहाँ पनि सांसदहरुको हस्ताक्षर लिने प्रचलन रहेको बताउँदै सांसदहरूको हस्ताक्षर लिनुलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखे। 

‘यो अहिले मात्रै होइन २०४८ सालदेखि चलिआएको चलन हो। यो नेपालमा मात्रै होइन हाम्रो जस्तो संसदीय अभ्यास भएका देशहरूमा जहाँ पनि चल्छ । दलले पार्टीका सांसदहरूको हस्ताक्षर लिइराखेको हुन्छ,’ उनले भने, ‘कुनै बेला अपर्झट प्रस्तावहरू दर्ता गर्नुपर्ने हुनसक्छ। त्यो बेला कोही विदेश या काठमाडौं बाहिर हुन्छन्। त्यसैले पूर्वतयारीका लागि हस्ताक्षर लिन्छौं।’

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, भदौ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्