Kathmandu Press

उपसभामुखलाई हटाउने प्रक्रिया सुरु भए नेकपा एस विरोध गर्ने

औपचारिक रुपमा प्रस्ताव अगाडि बढेपछि त्यसको विरोधमा आफूहरु हुने एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले बताए।
उपसभामुखलाई हटाउने प्रक्रिया सुरु भए नेकपा एस विरोध गर्ने

काठमाडौं, भदौ ३ : उपसभामुखबाट इन्दिरा रानालाइ हटाउने प्रक्रिया सुरु भए एकीकृत समाजवादी पार्टीले त्यसको विरोध गर्ने भएको छ। 

औपचारिक रुपमा प्रस्ताव अगाडि बढेपछि त्यसको विरोधमा आफूहरु हुने एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले बताए। 

सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउनका लागि हस्ताक्षर संकलन गरिरहेका छन्। उनीहरुले औपचारिक प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेका छन्। 

प्रतिनिधि सभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ।

सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ। २७५ सदस्यीय सभामा एक चौथाई भनेको ६९ जना सांसद हो।

तर, पदबाट हटाउनका लागि भने सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित हुनुपर्छ।

हाल प्रतिनिधिसभामा २७४ जना बहाल रहेका छन्। दुईतिहाई पु¥याउन १८३ जना सांसद आवश्यक पर्छ।

प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, भदौ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्