देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई हुलाक टिकटमा प्रकाशन गरिने
भीमबहादुर पाँडेको तस्विर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यकममा उनले मन्त्रालय आएपछि आफैंलाई गौरव लाग्ने कामहरु गर्न पाएको भन्दै देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई खोजी खोजी प्रकाशमा ल्याउने बताए।-(17)-1755588855.jpg)
काठमाडौं, भदौ ३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई खोजी खोजी हुलाक टिकटमा प्रकाशन गर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित भीमबहादुर पाँडेको तस्विर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यकममा उनले मन्त्रालय आएपछि आफैंलाई गौरव लाग्ने कामहरु गर्न पाएको भन्दै देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई खोजी खोजी प्रकाशमा ल्याउने बताए।
‘यो मन्त्रालय आएपछि आफैलाई गौरव लाग्ने काम गर्न पाएको छु । त्यसकारण पनि सञ्चारमन्त्री भएको कुरामा गर्व गर्छु। भीमबहादुर पाँडे जस्ता व्यक्तिको तस्विर अंकित हुलाक टिकटमा टाँचा लगाउन पाउदा खुसी लागेको छ,’ उनले भने, ‘उहाँहरु पनि देश र जनताको पक्षमा लाग्ने सपुतहरु हुन् । यस्तो व्यक्तिहरु त म खोजी खोजी हुलाक टिकटमा प्रकाशन गर्छु। कति त सत्तामा पहुँच नभएर पनि यस्तो कुरा बाहिर नआएको हुन्छ। म आएपछि लुकेकालाई पनि खोज्ने गरेको छु।’
यस्तै, उनले लोप हुन लागेको वस्तु, ठाँउ संरक्षण गर्ने ठाँउ हुलाक भएको भन्दै आफ्नो अधिकार अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्नको लागि पनि हुलाक टिकटहरुको महत्व रहेको बताए।











