Kathmandu Press

नेपालले होबर्ट होरिकेन्सलाई दियो १८१ रनको लक्ष्य

डर्विनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८० रन बनायो।
नेपालले होबर्ट होरिकेन्सलाई दियो १८१ रनको लक्ष्य

काठमाडाैं, भदाै ३ : अस्ट्रेलियामा जारी टप इन्ड टि–२० सिरिजको चौथो खेलमा नेपालले होबर्ट होरिकेन्सलाई १८१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। डर्विनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८० रन बनायो।

अन्त्यतिर लोकेश बमले विस्फोट पारी खेलेपछि नेपालले चुनौतीपूर्ण लक्ष्य दिएको हो। उनले ११ बलमा ३ चौका र १ छक्का मद्दतमा २५ रन बनाए। यसअघि कुशल भुर्तेल र आसिफ सेखले नेपाललाई राम्रो सुरुआत दिलाए। 

यी दुईले पहिलो विकेटका लागि ३४ बलमा ४९ रनको साझेदारी गरेका थिए। जसमा कुशलले २० बलमा २७ रन बनाउँदा आसिफले २८ बलमा २९ रन बनाए। यस्तै, आरिफ सेखले २६ बलमा ३३, भीम सार्कीले १८ बलमा १८ रन बनाए। 

बलिङमा होरिकेन्सका निवेथन राधाकृष्णन र राफ म्याकमिलानले समान २ विकेट लिए। 

प्रकाशित मिति: १३:०२ बजे, मंगलबार, भदौ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्