Kathmandu Press

उपसभामुखलाई हटाउने सत्तापक्षको तयारीपछि रास्वपा आन्तरिक छलफलमा

संख्याको बलमा जे पनि गर्न सकिन्छ भन्ने ठूला दलले नसोच्नु नै सबैको हितमा हुने रास्वपा नेताहरुले बताएका छन्। 
उपसभामुखलाई हटाउने सत्तापक्षको तयारीपछि रास्वपा आन्तरिक छलफलमा

काठमाडौं, भदौ ३ : सत्तापक्षले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आन्तरिक छलफलमा जुटेको छ।

उपसभामुख रानामगरलाई हटाउने तयारी स्वरुप नेपाली कांग्रस र नेकपा एमालेले सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका छन्। उनीहरुले आजै संसदमा उपसभामुखविरुद्ध प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्।

रास्वपा नेताहरू अनौपचारिक रूपमै आन्तरिक छलफलमा जुटेका छन्। संख्याको बलमा जे पनि गर्न सकिन्छ भन्ने ठूला दलले नसोच्नु नै सबैको हितमा हुने रास्वपा नेताहरुले बताएका छन्। 

ठूला दलले संख्याको नाममा असंसदीय अभ्यास गरे प्रतिवाद गर्ने उनीहरुले बताएका छन्। 

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ। 

प्रकाशित मिति: १२:४० बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्