Kathmandu Press

‘आपतकालिन तयारी र जोखिम न्युनिकरणमा स्थानीय प्रथामिकतामा’

उनले मानवीय संकट बढ्दै गएको भन्दै साधन स्रोतको सिमितताले विश्वव्यापी मानवीय प्रणालीमा आवश्यक सुधार र रुपान्तरणको आवश्यकता रहेको औंल्याए। 
‘आपतकालिन तयारी र जोखिम न्युनिकरणमा स्थानीय प्रथामिकतामा’

काठमाडौं, भदौ ३ : गृहमन्त्री रमेश लेखकले सरकारले आपतकालिन तयारी, जोखिम न्युनिकरण र पूनर्निमार्णमा स्थानीय नेतृत्वलाई प्रथामिकतामा राखेको बताएका छन्। 

मंगलबार नेपाल मानवीय सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले नेपालको सविंधानले स्थानीय सरकारलाई विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको बताए। 

Hardik ivf

उनले सरकारले विपद् व्यवस्थापनलाई प्राथामिकतामा राख्दै स्थानीय सरकारलाई सवल बनाउने कार्यकालकालागि पालिका स्तरमा विपद् व्यवस्थापन समिति, स्थानीय आपतकालिन केन्द्र, हरेक पालिकामा गोदाम घरको व्यवस्था, पालिकामा बस्ने स्वयंम सेवकहरुको लागि गठन तथा तालिम,स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था लगायतको कामहरु गरेको समेत जानकारी दिए। 

उनले मानवीय संकट बढ्दै गएको भन्दै साधन स्रोतको सिमितताले विश्वव्यापी मानवीय प्रणालीमा आवश्यक सुधार र रुपान्तरणको आवश्यकता रहेको औंल्याए। 

प्रकाशित मिति: १२:०० बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्