Kathmandu Press

कांग्रेसले सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलायो

उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन्। सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने गरि बोलाइएको छ। 
कांग्रेसले सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलायो

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसले आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ।

मंगलबार सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईएको काङ्ग्रेस सांसद सीता मिजारले जानकारी दिएकी छन्। 

Hardik ivf

उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन्। सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने गरि बोलाइएको छ। 

उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो।

प्रकाशित मिति: ११:५१ बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्