Kathmandu Press

आजदेखि नाडा अटो शो, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदै छ ।
आजदेखि नाडा अटो शो, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

काठमाडौँ, भदौ ३ : आजदेखि भदौ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गर्ने भएका छन् ।

Hardik ivf

यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदै छ ।

प्रदर्शनीमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन रहनेछन् । 

प्रकाशित मिति: ०७:५४ बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्