Kathmandu Press

डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो’

मन्त्री गुरुङले संविधानमा आदिवासिहरुको अधिकार भएन भने आन्दोलन गरेर ल्याएको अधिकार पनि सदुपयोग नगरेको भन्दै दुख पनि व्यक्त गरेका छन्। 
डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो’

काठमाडौं, भदौ २ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आएको बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित ‘लिपेमा फुल्ने लालीगुराँस फुल’को वृत्तचित्र प्रदर्शन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले डेढ वर्षमा तीन वटा सरकार फेरिएको भन्दै यसले गर्दा कुनै पनि योजनाहरु पूरा नभएको बताए। 

Hardik ivf

‘नेपालमा पैसा नै उठ्दैन् यति धेरै, राजस्व उठ्दैन्, पैसा खर्च हुँदैन्। मन्त्री फेरिरहेका हुन्छन्। ७९को चुनावपछि १३ महिना सरकार चलेको यो पहिलो पटक मात्र हो, चौथो पटकमा, एउटा सरकार ६२ दिनमा गयो, अर्को सरकार ६ महिनामा, त्यसपछिको ६ महिनामा गयो डेढ वर्षमा तीन वटा सरकार फेरियो,’ उनले भने, ‘यसले गर्दा नयाँ मन्त्री आएपछि पुरानो योजनामा भएको पैसा त्यसै छोड्ने, फेरि नयाँ योजनामा पनि पैसा हाल्ने। योजना टोलैपिछे, गाँउपिछे राख्ने पूरा कुनै पनि नगर्ने, १०, १५ वर्ष भइसक्यो सक्या हुँदैन्।’ 

मन्त्री गुरुङले संविधानमा आदिवासिहरुको अधिकार भएन भने आन्दोलन गरेर ल्याएको अधिकार पनि सदुपयोग नगरेको भन्दै दुख पनि व्यक्त गरेका छन्। 

‘अहिले हामी ठूलो चापोमा छौं, उद्योग थियो अहिले उद्योग नै गरेको छैन। व्यापारमा गयो त्यहाँ पनि राम्रो मान्छे छैन, राजनीतिमा गयो त्यहाँ थोरै थोरै छ, अहिले गुरुङहरु कहा छ त, त्यती धेरै लडाई गरेर संविधान ल्यायौं संविधानमा आदिवासिहरुको अधिकार भएन भने आन्दोलन गरेका थियौं,’ उनले भने, ‘निजामतिमा हाम्रो लागि कोटा निर्धारण भएको छ । त्यहाँ पनि हाम्रो मान्छे जाँदैनन्। अहिले समय प्रतिस्पर्धाको आयो।’

प्रकाशित मिति: २०:४८ बजे, सोमबार, भदौ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्