‘विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौं’
‘विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रुपमा जारी राखेको छौं,’ उनले लेखेकी छिन्, ‘इजरायल सरकार र हमासका बीचमा युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरु रिहा गर्न दबाब दिएपछि कूटनीतिक पहललाई थप सक्रिय बनाएको छु।’-1722422302.jpg)
काठमाडौं, भदौ २ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रुपमा कूटनीतिक पहल जारी राखेको बताएकी छिन्।
मन्त्री डा. राणाले यो एक वर्षमा आफू उपस्थित भएका हरेक अन्तर्राष्ट्रिय मञ्च, द्विपक्षी, बहुपक्षी बैठकहरूमार्फत विपिजको रिहाका लागि पहल गरेको सामाजिक सञ्जालमार्फत् जनाएकी छिन्।
‘परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्धालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ। यो एकबर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरुमा सबैसँग बिपीनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु,’ उनले समाजिक सञ्जालमा लेखेकी छिन्।
गत असोजमा राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेताहरु, जि ७७ प्लस, जि २०, एलडिसी समूह लगायतका बैठकहरुलाई सम्बोधन गर्ने क्रममा पनि बिपिन रिहाइको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएको उनले उल्लेख गरेकी छिन्।
मन्त्री डा. राणाले गत असोजमा दोहामा आयोजित एसिडी सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरुमा पनि विपिनको विषय उठाएको बताउँदै इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरुसँग फोनमा र ती देशका नेपालस्थित राजदूतहरुसँग भेटेरै बिपिनको रिहाइका लागि सहयोग गर्न आग्रह बताइन्।
‘विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रुपमा जारी राखेको छौं,’ उनले लेखेकी छिन्, ‘इजरायल सरकार र हमासका बीचमा युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरु रिहा गर्न दबाब दिएपछि कूटनीतिक पहललाई थप सक्रिय बनाएको छु।’
मन्त्री डा. राणाले गत माघमा कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै बिपिनको रिहाइका लागि आग्रह गरेको जनाएकी छिन्।
‘इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी सोही आग्रह गरेँ। हमासहरुले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरुको पहिलो चरणमा नै बिपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भनेर आग्रह गरेको थिएँ,’ उनले लखेकी छिन्।
विपिनको रिहाइकै लागि इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अति तथा इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरी विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट आग्रह गरेकी थिइन्।
गत चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग समेत नयाँ दिल्लीमा भेट गरी बिपिनको रिहाइमा अमेरिकाको सहयोग समेतले उनले मागेकी थिइन्।
मन्त्री डा.राणाले नेपाल सरकारले यो मुद्धालाई प्राथमिकतामा राखेर हरसम्भव प्रयासमा जुटिरहेको बताउँदै बिपिनको रिहाइमा लागिपरेको इजरायल सरकार, इजरायली नागरिक, त्यहाँ रहेका नेपाली एवं विश्व समुदायलाई विशेष धन्यवाद ज्ञापन गरेकी छिन्।
‘हमास समूहको नियन्त्रणमा रहेका बिपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको र यो नेपाल सरकारको दायित्व हो,’ उनले लेखेकी छिन्, ‘हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा बिपिनकी आमा र बहिनी इजरायल पुगेका र उहाँहरुले इजरायली राष्ट्रपतिसँग भेटगरी बिपिनको रिहाइको अपिल गर्नु भएको हो।’



-1771402549.png)





-1771402549.png)


