Kathmandu Press

पुराना दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित भाष्य चिर्नुपर्ने देउवाको भनाई  

‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेको छ,’ देउवाले भने, ‘यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक छ। 
पुराना दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित भाष्य चिर्नुपर्ने देउवाको भनाई  

काठमाडौं, भदौ २ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्य निर्माण गरिएको बताएका छन् । समाजलाई दिग्भ्रमित पार्ने यस्ता चुनौती चिर्नुपर्ने भनाई देउवाको छ। 

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापपति देउवाले यस्तो भनाई राखेका हुन्। 

‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेको छ,’ देउवाले भने, ‘यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक छ। 

साथै देउवाले नेपाली कांग्रेसका सबै भ्रातृ संस्था र संगठनहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र बृहत एकता कायम गर्न निर्देशन समेत दिए। 

नेपाली कांग्रेसका सबै भ्रातृ संस्था र संगठनहरुलाई गतिशिल बनाउँदै पार्टीभित्र वृहत एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याएर स्थिर सरकार निर्माण गर्न अझ बढी समर्पणका साथ लाग्न आवश्यक रहेको पनि उनले बताए। 

सभापति देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिपूर्ण रहेको पनि बताए।

प्रकाशित मिति: १९:२३ बजे, सोमबार, भदौ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्