‘समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको भूमिका महत्वपूर्ण’
उनले घरदेखि समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको भूमिका महत्वपूर्ण भएको भन्दै यसलाई हल्कामा लिन नहुने बताए।
काठमाडौं, भदौ २ : उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको भूमिका महत्वपूर्ण भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपालका विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनीको उद्घाटन गर्दै उनले घरदेखि समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको भूमिका महत्वपूर्ण भएको भन्दै यसलाई हल्कामा लिन नहुने बताए।
‘महिलाहरुको हक अधिकारको बारेमा कुरा गर्दा यसको लागि संगठन आवश्यक हुन्छ । समाजमा महिलाहरुको धेरै नै ठूलो योगदान छ। घरदेखि बाहिर सबै ठाँउमा महिलाको सहभागिता महत्वपूर्ण छ,’ उनले भने, ‘समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ । यसलाई हामीले हल्कामा लिनु हुदैँन् जस्तो लाग्छ।’
मन्त्री सिंहले नारीको शक्तिको बारेमा बुझेर मात्र होईन नारी शक्तिलाई सम्मान पनि गर्न जान्नु पर्ने भन्दै समाजले महिलाहरुको कदर बुझ्नु पर्ने बताए।
‘नारीको शक्ति कति छ भन्ने कुरा हामी सबैले देखेका छौ तर नारी शक्तिको बारेमा बुझेर मात्र भएन, नारी शक्तिलाई सम्मान पनि गर्न जान्नु पर्छ भन्ने कुरालाई आजको फोटो प्रदर्शनीले सन्देश दिएको छ । महिलाहरुको कदर समाजले पनि गर्न जान्नु पर्छ,’ उनले भने।
उनले समाजलाई सहि दिशा तर्फ लानको लागि पनि सबैले आफ्नो स्थानबाट प्रयास गर्नुपर्ने बताए।



-1771402549.png)





-1771402549.png)


