Kathmandu Press

सबै तहका कर्मचारीहरुलाई न्याय हुने खालको विधेयक आउँछ : मन्त्री न्यौपाने

मन्त्री न्यौपानेले निजामती सेवामा समर्पित कर्मचारीहरुको सरुवा, बढुवा, वृद्धि विकासलाई समय अनुसार ध्यान दिनुपर्ने आवश्यकता रहेको भन्दै यी सबै विषयलाई प्राथमिकतामा राखेको बताइन्। 
सबै तहका कर्मचारीहरुलाई न्याय हुने खालको विधेयक आउँछ : मन्त्री न्यौपाने

काठमाडौं, भदौ २ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले तलदेखि माथिका कर्मचारीसम्म सबै कर्मचारीलाई न्याय हुने खालको निजामती विधेयक ल्याउने बताएकी छन्। 

सोमबार विधायन व्यवस्थापन समितिमा भएको संघीय निजामती सेवा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा उनले तल्लो तहका कर्मचारीहरुको गुनासोहरु धेरै आएको र सरुवा प्रणालीमा पनि व्यापक समस्या रहेको भन्दै सबै कुराको ग्यारेन्टी हुनेगरि विधेयक ल्याउन लागेको बताइन्। 

Hardik ivf

‘तलका कर्मचारीदेखि माथिका कर्मचारीसम्मलाई कसरी न्याय गर्न सकिन्छ भनेर तलका कर्मचारीहरुको पनि गुनासोलाई हल गर्दै जानुपर्ने आवश्यकता छ। सरुवा प्रणालीमा पनि व्यापक समस्या छ,’ उनले भनिन्, ‘त्यसैले यो विधेयकले त्यसलाई सम्बोधन गर्नेछ अब कर्मचारीहरुको सरुवा भनसुनको आधारमा हुँदैन् भन्ने कुराको ग्यारेन्टी कसरी गर्न सकिन्छ, स्वचालित सरुवा प्रणाली कसरी कायम गर्न सक्छौ भन्ने कुरालाई पनि ध्यान दिन जरुरी छ।’

मन्त्री न्यौपानेले निजामती सेवामा समर्पित कर्मचारीहरुको सरुवा, बढुवा, वृद्धि विकासलाई समय अनुसार ध्यान दिनुपर्ने आवश्यकता रहेको भन्दै यी सबै विषयलाई प्राथमिकतामा राखेको बताइन्। 

‘निजामती सेवामा समर्पित कर्मचारीहरुको सरुवा, बढुवा, वृद्धि विकासलाई पनि समय अनुसार ध्यान दिनुपर्ने आवश्यकता थियो। मंैले जब यो मन्त्रालयको जिम्मेवारी प्राप्त गरे त्यसपछि केही अनुभवहरु पनि प्राप्त गरेको छु,’ उनले भनिन्, ‘ती अनुभवहरु पनि विधेयकमा राखेर यसलाई कसरी व्यवस्थित गर्न सक्छौं भनेर लागि परेका छौ र सबैले यसलाई राम्रोसँग अध्ययन गरेर संशोधन राख्नु भएको छ।’

कसैको गुनासो नआउने गरि सेवालाई पारदर्शी कसरी बनाउन सकिन्छ, सुशासन कसरी कायम गर्न सकिन्छ भन्ने कुरालाई पनि ध्यान दिन जरुरी रहेको भन्दै यी सबै कुरालाई ध्यान दिएर यो विधेयकलाई राम्रा विधेयकको रुपमा ल्याउने प्रयासमा रहेको पनि उनको भनाई छ।
 

प्रकाशित मिति: १९:१६ बजे, सोमबार, भदौ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्