Kathmandu Press

६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो : मन्त्री अधिकारी

उनले समस्याग्रस्त घोषणा भएका तीन सहकारीको समस्या समाधान भइसकेको र दुई सहकारीको समस्या समाधानको चरणमा रहेको जानकारी दिए।
६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो : मन्त्री अधिकारी

काठमाडौं, भदौ २ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालसम्म छसात हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको बताएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समस्याग्रस्त घोषणा भएका तीन सहकारीको समस्या समाधान भइसकेको र दुई सहकारीको समस्या समाधानको चरणमा रहेको जानकारी दिए।

मन्त्री अधिकारीले सहकारीको समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको भन्दै बचतकर्ताले चाँडै राहत पाउने विश्वास दिलाए।

‘अहिलेसम्म ६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको ५६ हजार बचतकर्ताको आंशिक भुक्तानी अझै बाँकी छ, तर अबको डेढ वर्षभित्र समस्या समाधान हुन्छ। नेपाल ट्रष्टको नाममा कहाँ–कहाँ जग्गा छ भनेर खोज्दैछौं, केहीमा सफलता मिलिसकेको छ, केही अझै बाँकी छन्,’ उनले भने। 

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, भदौ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्