Kathmandu Press

मनिष तिमल्सिना बने अफगान राष्ट्रिय टिमका गोलकिपर प्रशिक्षक

यसअघि नै काफा नेसनल कपका लागि ताजकिस्तान पुगिसकेका मनिषले आजैबाट प्रशिक्षण पनि सुरु गरिसकेका छन्। 
मनिष तिमल्सिना बने अफगान राष्ट्रिय टिमका गोलकिपर प्रशिक्षक

काठमाडौं, भदौ २ : नेपालका मनिष तिमल्सिना अफगानिस्तानको राष्ट्रिय फुटबल टिमका गोलकिपर प्रशिक्षक बनेका छन्। 

अफागानिस्तानले काफा नेसनल कपका लागिका लागि मनिषलाई गोलपिकर प्रशिक्षक नियुक्त गरेको हो। 

यसअघि नै काफा नेसनल कपका लागि ताजकिस्तान पुगिसकेका मनिषले आजैबाट प्रशिक्षण पनि सुरु गरिसकेका छन्। अफगानिस्तानको टिम प्रतियोगिताका लागि केही दिनअघि नै ताजकिस्तान पुगिसकेको थियो। 

मनिष विदेशी राष्ट्रिय टिमका प्रशिक्षक बन्ने पहिलो नेपाली प्रशिक्षक हुन्। एकशकदेखि प्रशिक्षणमा संलग्न रहेका मनिष एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स लिने पहिलो नेपाली हुन्।

उनले नेपाली राष्ट्रिय टिमसँगै नेपालका उमेर समूहको टिममा पनि गोलकिपर प्रशिक्षकका रुपमा काम गरिसकेका छन्। 

उनले ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी, भारतीय क्लबहरू पन्जाब एफसी, गोकुलम केरलालगायत पनि गोलपिकर प्रशिक्षकका रुपमा काम गरिसकेका छन्। 

नेपाली राष्ट्रिय टिमकै पूर्वप्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अफगानिस्तानका मुख्य प्रशिक्षक छन्। उनले नै मनिषलाई गोलकिपर प्रशिक्षकका रुपमा मौका दिएका हुन्। 

काफा नेसनल कप अगस्त २९बाट  ताजकिस्तानमा हुँदैछ । जसमा आयोजक ताजकिस्तान,अफगानिस्तानसँगै तुर्किमेनिस्ता, किर्गिस्तान, उज्वेकिस्ता तथा आमन्त्रित टिमका रुपमा भारत र ओमान पनि सहभागी छन्। 

प्रकाशित मिति: १६:०३ बजे, सोमबार, भदौ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्