Kathmandu Press

कालीगण्डकीबाट बेपत्ता आमा छोराको शव फेला 

गत साउन २१ गतेदेखि बेपत्ता भएका आमाछोरा नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा शव फेला परेको कालीगण्डकी गाउँपालिका ४ वडा अध्यक्ष यादव पाण्डे बताए। 
कालीगण्डकीबाट बेपत्ता आमा छोराको शव फेला 

नवलपुर, भदौ २ : स्याङ्जाको कालीगण्डकी नदी किनारबाट बेपत्ता भएका आमाछोरा शव फेला परेको छ। कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २७ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डेको शव फेला परेको हो। 

गत साउन २१ गतेदेखि बेपत्ता भएका आमाछोरा नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा शव फेला परेको कालीगण्डकी गाउँपालिका ४ वडा अध्यक्ष यादव पाण्डे बताए। 

उनका अनुसार अर्पितको कानको मुन्द्रा र घाटीको मालाले पहिचान खुलेको हो।  नारायणी नदी किनारमा महिला र करीब तीन सय मिटरको दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा बालकको शव भेटिएको उनले जानकारी दिए।

शव गलेको अवस्थामा भेटिएको उनको भनाइ छ। यद्यपि भेटिएको शव पाण्डे आमा छोराको भए÷नभएको प्रहरीले अहिलेसम्म आधिकारिक पुष्टि भने गरेको छैन।

शवको थप पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न वडा अध्यक्ष पाण्डे लगायतको श्यामकलाको परिवार स्याङ्जाबाट कावोसोती अस्पतालतर्फ हिँडेको छ।

दुवै शवलाई कावासोति स्थित मध्यबिन्दु प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
 
प्रकाशित मिति: १५:५१ बजे, सोमबार, भदौ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्