Kathmandu Press

दल खाेल्ने दुर्गा प्रसाईंको घोषणा 

‘मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन्। राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ उनले भने।
दल खाेल्ने दुर्गा प्रसाईंको घोषणा 

काठमाडौँ, भदौ २ : विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।

प्रसाईं दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका थिए। सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन्। 

पत्रकार सम्मेलनमा प्रसाईंले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएको भन्दै राजनीतिक दल खोल्ने निष्कर्षमा पुगेको बताएका छन् । उनले आफू राजनीतिक चेत बोकेको सफल व्यवसायी रहेको दाबी पनि गरे। 

Hardik ivf

‘मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन्। राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ उनले भने।

तर उनले दलको नाम भने घोषणा गरेका छैनन् । केही समयमै दलको नाम घोषणा गर्ने उनले बताए । आफुलगायत अभियान र अभियानमा संलग्नहरु मिलेर राजनीतिक दल खोलेर दलमा संलग्न हुने अठोट गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

‘मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ प्रसाईंले भने। 

प्रसाईंविरुद्ध के के छन् अभियोग ?

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनको घटनामा कमाण्डर रहेका दुर्गा प्रसाईंविरुद्ध हाल अदालतमा विभिन्न मुद्दाहरु विचाराधीन छन्। 

तीनकुने घटनामा प्रसाईंविरुद्ध कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव मुद्दा दर्ता गराएको छ । यसबाहेक साइबर अपराधको मुद्दा पनि चलेको छ। 

तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेश रजकसहित दुई जनाको ज्यान गएको थियो। प्रसाईंले नेतृत्व गरेको हिंसात्मक आन्दोलनमा आन्दोलनकारीले घरमा आगो लगाउँदा पत्रकार रजकको जलेर मृत्यु भएको थियो। 

प्रसाईं अदालतले मागेको धरौटी रकम बुझाएर हाल थुना बाहिर रहेर मुद्दाको पुर्पक्ष गरिरहेका छन्। 

प्रकाशित मिति: १५:४० बजे, सोमबार, भदौ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्