Kathmandu Press

निजामती सेवा विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

प्रतिनिधिसभाबाट सर्वसम्मत पारित उक्त विधेयकमाथि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सैद्धान्तिक छलफल सुरु भएको हो। विधेयकमाथि बिहान ११ बजेदेखि नै छलफल जारी छ। 
निजामती सेवा विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

काठमाडौँ, भदौ २ : संघीय निजामती सेवा विधेयकमाथि सोमबारदेखि राष्ट्रिय सभाको संसदीय समितिमा छलफल सुरु भएको छ। 

प्रतिनिधिसभाबाट सर्वसम्मत पारित उक्त विधेयकमाथि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सैद्धान्तिक छलफल सुरु भएको हो। विधेयकमाथि बिहान ११ बजेदेखि नै छलफल जारी छ। 

Hardik ivf

छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मन्त्रालयका सचिव रविलाल पन्थ लगायत मन्त्रालयका पदाधिकारी समेत सहभागि छन्। 

प्रतिनिधिसभाबाट पारित भएको दुई महिनाभित्र राष्ट्रिय सभाबाट विधेयक पारित गरिसक्नुपर्ने हुन्छ। यसअनुसार संघीय निजामती विधेयक यही भदौ १७ गतेभित्र पारित गरिसक्नुपर्ने छ। 

विधायन व्यवस्थापन समितिमा सैद्धान्तिक छलफल सकिएपछि अर्को बैठकबाट दफावार छलफल सुरु हुने भएको छ।

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, भदौ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्