आफ्नो पार्टी सदस्यता कसैले खोस्न नसक्ने पूर्व राष्ट्रपति भण्डारीको दाबी
‘म नेकपा एमालेकै कार्यकर्ता हुँ, एमालेकै तर्फबाट राष्ट्रपति निर्वाचनमा भाग लिएर निर्वाचित भएकी हुँ, आज पनि म त्यही हुँ। पार्टीले औपचारिक रूपमा के निर्णय गरेको छ, मलाई थाहा छैन । तर मेरो संगठनात्मक पहिचान एमालेकै हो,’ भण्डारीले भनिन्।
माेरङ, भदौ २ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता रहेको बताउँदै आफ्नो पार्टी सदस्यता कसैले खोस्न नसक्ने बताएकी छन्।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले उक्त दाबी गरेकी हुन्।
‘म नेकपा एमालेकै कार्यकर्ता हुँ, एमालेकै तर्फबाट राष्ट्रपति निर्वाचनमा भाग लिएर निर्वाचित भएकी हुँ, आज पनि म त्यही हुँ। पार्टीले औपचारिक रूपमा के निर्णय गरेको छ, मलाई थाहा छैन । तर मेरो संगठनात्मक पहिचान एमालेकै हो,’ भण्डारीले भनिन्।
साथै, भण्डारीले एमालेको केन्द्रीय समितिले आफ्नो सदस्यता खोसेको भन्ने हल्ला असत्य भएको समेत बताइन्।
‘३५÷३६ वर्षदेखि मैले पार्टीसँग निरन्तर यात्रा गरेकी हुँ। राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि मैले सदस्यता नवीकरण गरेको छु । यो अधिकार कसैले खोस्न सक्दैन,’ उनले भनिन्।
जनताले निर्वाचित गरेका कोही पनि व्यक्ति राष्ट्रपति पदमा जान सक्ने बताउँदै कार्यकाल सकिएपछि पुनः सामान्य नागरिक जीवनमा फर्किन सक्ने उनको भनाई छ।
भण्डारीले तत्कालका लागि वाम एकताको बलियो आधार नदेखे पनि भविष्यमा असम्भव पनि नभएको बताइन्।

-1771402549.png)

-1771402549.png)