Kathmandu Press

भारतले नेपाली सेना दियो ६ वटा गाडी, ५ वटा घोडा र २ वटा कुकुर

भारतले ६ थान सवारीसाधन, ५ वटा घोडा र विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमाप्रयोग हुने २ वटा कुकर दिएको छ।
भारतले नेपाली सेना दियो ६ वटा गाडी, ५ वटा घोडा र २ वटा कुकुर

काठमाडौं, भदौ २ : भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारीसाधन, घोडा र विपद्पछिको घटनाको अनुसन्धानमा प्रयोग हुने कुकुर सहयोग स्वरुप उपलब्ध गराएको छ।

नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गरेका हुन्।

Hardik ivf

भारतले ६ थान सवारीसाधन, ५ वटा घोडा र विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमाप्रयोग हुने २ वटा कुकर दिएको छ।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसीहितका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल र भारतबीच राजनीतिक तहमा मात्र नभइ सैनिक र जनस्तरमा समेत ज्यादै न्यानो र प्रगाढ सम्बन्ध रही आएको छ । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ। 

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, भदौ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्