Kathmandu Press

जलवायु परिवर्तन मानव सभ्यताकै संकट : मन्त्री डा.राणा 

जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यमा केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने पनि उनले बताइन्।
जलवायु परिवर्तन मानव सभ्यताकै संकट : मन्त्री डा.राणा 

काठमाडौँ, भदौ २ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जलवायु परिवर्तन मानव सभ्यताकै संकट रहेको बताएकी छन्। 

हिन्दूकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सम्मेलनलाई सम्बोधन गर्दै उलने जलवायु परिवर्तन समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताइन्। 

‘यो मानव सभ्यताका खिलाफको साझा समस्या हो। यसले कुनै देश, भूगोल, राजनीतिक दललाई चिन्दैन । यही हिसाबले यसको समाधान खोज्नुपर्छ । यसका लागि सबैको साझा प्रयास जरुरी छ,’ मन्त्री राणाले भनिन्, ‘जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको छ । अब सबैले राष्ट्रिय एजेन्डाका रुपमा कानुन बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्नुपर्दछ।’

Hardik ivf

जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यमा केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने पनि उनले बताइन्। विश्व मौसम विज्ञान संगठनको हालैको एक प्रतिवेदनमा पृथ्वीको तापक्रम वर्षमा १.५ डिग्री सेल्सियसले वृद्धि भएको प्रसंग पनि उनले सुनाइन्। 

यस्तो गम्भीर जोखिमको अवस्थामा सुधार ल्याउन तीव्र उत्सर्जन कटौती, दीर्घकालीन लागत न्यूनीकरण र दिगो विकास लक्ष्यहरूको प्राप्ति अपरिहार्य रहेको मन्त्री राणको भनाई थियो। 

अन्तर्राष्ट्रिय न्यायालयको हालैको मतले जलवायु संरक्षण गर्ने, उत्सर्जन घटाउने, यसका गम्भीर प्रभावहरूसँग जुध्ने र सिमापार हानि रोक्ने काम राज्यहरूको कानुनी कर्तव्य रहेको भनेर स्पष्ट गरेको समेत उनले बताइन्। 

मन्त्री डा. राणाले भारत, पाकिस्तान र नेपालमा हालै आएको बाढीले धेरैको ज्यान लिएको, पूर्वाधारहरु नष्ट पारेको र धेरैलाई अझै बेपत्ता बनाएको दृष्टान्त सुनाउँदै यसले सबैभन्दा गम्भीर असर हिन्दूकुश हिमालय क्षेत्रमा परिरहेको उल्लेख गरिन्।

भूकम्प, हिमनदीहरू पग्लिने अवस्था, अनियमित वर्षा, जैविक विविधताको क्षय, बाढी र पहिरोको सामना गरिरहेका विश्वका जलवायु–संवेदनशील देशहरूमध्ये नेपाल गम्भीर जोखिममा परेको मन्त्री डा.राणाको भनाइ थियो। 

‘नेपालको कार्बन उत्सर्जन अत्यन्तै नगण्य रहेको भए पनि यसको प्रभावको सबैभन्दा नराम्रो असर भोग्नुपरिरहेको बताउँदै मन्त्री डा राणाले नेपालले जलवायु अन्याय भोगिरहेको छ,’ उनले भनिन्। 

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, भदौ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्