Kathmandu Press

महिला अधिकारकर्मी रेणु अधिकारीलाई महिला सशक्तीकरण सम्मान-२०८२

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सरिता प्रसाई, नायव महान्यायधिवक्ता खेमराज ज्ञवाली, नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा  बिजय मिश्र, राष्ट्रिय महिला आयोगका सचिव श्री रेखा कडेल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव श्री मान बहादुर अर्याल लगायतको उपस्थिती रहेको थियो ।
महिला अधिकारकर्मी रेणु अधिकारीलाई महिला सशक्तीकरण सम्मान-२०८२

काठमाडौं, भदौ २ : कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) को ३९ औं वार्षिक उत्सव तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । ल्याकका अध्यक्ष प्रा. डा. साबित्री मल्ल कक्षपतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी सर्वोच्च अदालतका न्यायाधिश हरि प्रसाद फुँयाल रहेका थिए । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सरिता प्रसाई, नायव महान्यायधिवक्ता खेमराज ज्ञवाली, नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा  बिजय मिश्र, राष्ट्रिय महिला आयोगका सचिव श्री रेखा कडेल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव श्री मान बहादुर अर्याल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाको सामाजिक लेखा परिक्षण, स्वतन्त्र लेखा परिक्षक बाल मुकुन्द आचार्यले प्रस्तुत गरेका थिए । 

PP-(1)-1755494210.jpg
संस्थाले स्थापना गरेको प्रा डा.स्व.शान्ता थपलिया महिला सशक्तीकरण सम्मान २०८२, महिला अधिकार कर्मी रेणु अधिकारीलाई प्रदान गरिएको थियो ।  त्यसैगरी पुनावती प्रसाई महिला अधिकार र सम्बद्र्वन पुरस्कार, इन्दिरा सापकोटा, उत्कृष्ट संस्था सम्मान टेवा लाई, उत्कृष्ट कर्मचारी अधिवक्ता शकुन्तला बस्नेतलाई र रामबाबु प्रसाई छात्रबृद्धि एशोदा श्रेष्ठलाई प्रदान गरेको थियो । 

कार्यक्रममा सम्मानित रेणु अधिकारीले सम्मानले आफुलाइ अझ बढि जिम्मेवारी थपेको र अव समाजको महिला विरुद्ध हुने विभेद अन्त्यका लागी मानसिकता रुपान्तरणमा काम गर्ने प्रतिवद्धता समेत जनाईन् । 

प्रकाशित मिति: ११:०२ बजे, सोमबार, भदौ २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्