Kathmandu Press

आइप्यानको अध्यक्षमा पुनः केसी निर्वाचित 

राजधानीमा आयोजित वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत रुपमा  चयन गरेको हो । कार्यसमितिमा निवर्तमान अध्यक्षमा समीर थापा, वरिष्ठ उपाध्यक्षमा तेज ढकाल, उपाध्यक्षमा विज्ञान श्रेष्ठ र रेष्टा झा निर्वाचित भएका छन् ।
आइप्यानको अध्यक्षमा पुनः केसी निर्वाचित 

काठमाडौँ, भदौ २ : विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा उच्च शिक्षा प्रदान गरिरहेका शिक्षणहरुको छाता सँस्था ुअन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)को अध्यक्षमा दोस्रो कार्यकालका लागि लक्ष्मण केसी पुनः निर्वाचित भएका छन् । 

राजधानीमा आयोजित वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत रुपमा  चयन गरेको हो । कार्यसमितिमा निवर्तमान अध्यक्षमा समीर थापा, वरिष्ठ उपाध्यक्षमा तेज ढकाल, उपाध्यक्षमा विज्ञान श्रेष्ठ र रेष्टा झा निर्वाचित भएका छन् । त्यसै गरी शैलजा अधिकारी महासचिव, महेन्द्र कँडेल सचिव र योगेश उप्रेती कोषाध्यक्ष निर्वाचित भएका छन् ।

Hardik ivf

नयाँ कार्यसमितिका सदस्यहरूमा भेषराज पोखरेल, प्रवीणा थापा, लक्ष्मण पोखरेल, प्रमोद बानियाँ र अशिष ठाकुर छन् । आइप्यानको कार्य समितिले सल्लाहकार समितिको अध्यक्षमा पङ्कज जालानलाई नियुक्त गर्दै नरोत्तम अर्याल, डा। मिथिलेश झा, रीतल राणा र अर्नराज सिलवाल सदस्य रहेको पाँच सदस्यीय सल्लाहकार समिती गठन गरेको छ ।

वार्षिक साधारणसभामा आफ्ना धारणा राख्दै अध्यक्ष केसीले आइप्यानलाई अझ व्यवस्थित र पेशागत बनाउन ध्यान दिने भन्दै नेपालको गुणस्तरीय शिक्षा प्रवर्द्धनमा आइप्यानको भूमिका बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले आइप्यानका दुई प्रमुख उद्देश्यहरू एक अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त विश्वविद्यालयहरु सँगको सहकार्यमा विश्वस्तरको शिक्षा–सर्वसुलभ शुल्कमा नेपालमा नै प्रदान गर्ने । र अर्को नेपालललाई पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रमुख शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने काममा शिक्षा मन्त्रालय र सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

अध्यक्ष केसीले  नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरी विदेशी विद्यार्थीलाई आकर्षित गर्ने  दिशामा हाम्रो पहल भएमा सरकारको सहयोग रहने प्रतिवद्धा शिक्षा मन्त्रीज्यू  रहेको र मन्त्रालयले यस सहयोग गर्ने बताए । हाल आईप्यान अन्तर्गत ५७ कलेजहरू सञ्चालनमा छन् । ती कलेजहरुमा ३४,४५८ विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति: १०:४० बजे, सोमबार, भदौ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्