Kathmandu Press

पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाकाे मनाेनयन सार्वजनिक

जसमा नेपाली यू १९ महिला क्रिकेट टिमकी कप्तान तथा सिनियर टिमकी अलराउन्डर पूजा महतो, महिला फुटबल टिमकी स्ट्राइकर रेखा पौडेल मनोनयनमा परेका छन्। यस्तै, टेबलटेनिसकी इभाना थापा, उसुका विजय सिन्जाली र भलिबलका हिमाल सुनारी पनि छन्। 
पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाकाे मनाेनयन सार्वजनिक

काठमाडाैं, भदाै १ : नेपाल खेलकुद पत्रकार मञ्चले आगामी भदौ २९ गते पोखरामा आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइस अवार्ड विधाको मनोनयन सार्वजनिक गरेको छ।

जसमा नेपाली यू १९ महिला क्रिकेट टिमकी कप्तान तथा सिनियर टिमकी अलराउन्डर पूजा महतो, महिला फुटबल टिमकी स्ट्राइकर रेखा पौडेल मनोनयनमा परेका छन्। यस्तै, टेबलटेनिसकी इभाना थापा, उसुका विजय सिन्जाली र भलिबलका हिमाल सुनारी पनि छन्। 

Hardik ivf

मनोनयन सार्वजनिक गर्दै मञ्चले वर्षभर उत्कृष्ट प्रदर्शन गरेका साथै केही ओझेलमा परेका खेलाडीलाई जनसमक्ष थप चर्चित बनाउने उद्देश्यले यो विधा सार्वजनिक गरिएको जनाएको छ।

पिपल्स च्वाइस विजेता आईएमई खल्ती, सामाजिक सञ्जाल, प्रशिक्षक र खेल पत्रकारहरूको संयुक्त मतका आधारमा चयन गरिनेछ। विजेताले पल्सर मोटरसाइकल पुरस्कार स्वरूप प्राप्त गर्नेछन्। 

यो पटक को अवर्डामा १० विधामा अवार्ड प्रदान गरिनेछ। वर्ष खेलाडी (पुरुष, महिला, युवा) र प्रशिक्षकलाई समेत पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विजेतालाई जनही १ लाख रुपैयाँ पुरस्कार दिइनेछ। 


 

प्रकाशित मिति: २०:१८ बजे, आइतबार, भदौ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्