Kathmandu Press

दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताएका हुन्। 
दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

काठमाडौं, भदौ १ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपटक दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जानकारी दिएको छ। 

आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताएका हुन्। 

‘इन्धनको मूल्य बढे बढाउने, मूल्य घटे घटाउने खालको अटोमेसन सिस्टम हाम्रोमा छ । यसपालीको दशंै तिहारमा ठ्याक्कै भाडा बढाउने योजना रहेको छैन,’ उनले भने। 

उनले व्यवसायीहरुलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढि हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्न पहल गरेको समेत बताए। 

उनले समितिमा मन्त्रालयको मातहतमा रहेका सडकहरु प्रदेश सरकारको निर्णयनुसार प्रदेशलाई हस्तान्तरण गर्ने बताए। 

‘पहिले यी सडक प्रदेशले हेर्नुपर्छ भनेर जबरजस्ती थुपारेको अवस्था थियो। अहिले उहाँहरुले निर्णय गरेपछि उहाँहरुलाई हस्तान्तरण गरेका छौ,’ उनले भने। 

यस्तै समितिमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पहिरोका बारेमा वर्षामा मात्र आवाज उठ्ने गरेको भन्दैै यसमा गम्भीर हुन आग्रह गरे। 

प्रकाशित मिति: १९:५६ बजे, आइतबार, भदौ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्