Kathmandu Press

अध्यक्ष दाहाल र भारतीय विदेशसचिव मिश्रीबीच शिष्टाचार भेट 

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा भेटवार्ता गरेका हुन्। 
अध्यक्ष दाहाल र भारतीय विदेशसचिव मिश्रीबीच शिष्टाचार भेट 

काठमाडौं, भदौ १ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा भेटवार्ता गरेका हुन्। 

भेटमा नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको छ।

उनले आजै प्रधानमन्त्री केपी ओली, राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेललगायतलाई भेटेका छन्।
 
प्रकाशित मिति: १८:११ बजे, आइतबार, भदौ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्