Kathmandu Press

भारतीय विदेश सचिव मिश्रीले भेटे कांग्रेस सभापति देउवालाई 

भेटपछि सभापति देउवाले आफ्नो निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन्। भेटपछि देउवाले सामाजिक सञ्चाल फेसबुकमार्फ उक्त भनाई राखेका हुन्। 
भारतीय विदेश सचिव मिश्रीले भेटे कांग्रेस सभापति देउवालाई 

काठमाडौँ, भदौ १ : भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

दुई दिने नेपाल भ्रमणमा रहेका मिश्रीले बूढानीलकण्ठस्थित निवास पुगेर सभापति देउवासँग भेटवार्ता गरेका हुन्। 

भेटपछि सभापति देउवाले आफ्नो निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन्। भेटपछि देउवाले सामाजिक सञ्चाल फेसबुकमार्फ उक्त भनाई राखेका हुन्। 

छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित घनिष्ठ र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित रहेको समेत जनाइएको छ। 

मिश्रीले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गरेका थिए।

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, भदौ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्