Kathmandu Press

सञ्चारमाध्यमको विकासका लागि उचित नीति, ऐन निर्माण हुन सकेन : मन्त्री गुरुङ

मन्त्री गुरुङलेसंविधान जारी भएको दिनको अवसरमा असोज ३ गते एनटिभी वल्डको घोषणा गर्ने पनि बताए। 
सञ्चारमाध्यमको विकासका लागि उचित नीति, ऐन निर्माण हुन सकेन : मन्त्री गुरुङ

काठमाडौं, भदौ १ : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषाको विकास र संरक्षणका लागि स्थानिय भाषामा सूचना प्रसारण सुरु गरेको जानकारी दिएका छन्। 

शनिबार ३१औँ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ मिडिया अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले सुदुरपश्चिममा डोटेली भाषा र सुर्खेतको रेडियोबाट खस भाषाबाट सुचना दिन सुरु गरेको जानकारी दिएका हुन्। 

मन्त्री गुरुङले भाषाको विकासका लागि मिडियाहरुले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरि काम गर्नुपर्ने  बताए। 

‘डोटीबाट डोटेली भाषा र हामीले सुर्खेतको रेडियोबाट खस भाषाबाट सुचना दिन सुरु गरेका छौँ। क्षेत्रीयस्तरमा हुने कामहरु क्षेत्रीयस्तरमा गर्नसकिन्छ। भाषा मात्र होइन, भाषाको विकासका लागि काम गर्नुपर्छ,’ उनले भने, ‘त्यसको विकासका लागि व्याकरण, साहित्यहरुको विकास गर्न कार्यक्रमहरु बनाउनु पर्ला भनेर हामीले सुरु गरेको छौं। त्यहाँको स्थानीय सरकारसँग मिलेर काम गर्न भनेका छौं।’

मन्त्री गुरुङलेसंविधान जारी भएको दिनको अवसरमा असोज ३ गते एनटिभी वल्डको घोषणा गर्ने पनि बताए। 

‘संविधान जारी भएको दिनको असोज ३ गते एनटिभी वल्डको लन्च हुन्छ। त्यो किन जन्मिन्छ भने हामी नेपालभित्रको मात्र हेरेर भएर हैन नि नेपाल त संसारको एउटा इकाइ हो,’ उनले थप भने, ‘हामीले संसारभरको मानिसलाई भन्न सक्नुपर्छ नेपाल कस्तो मुलुक हो?नेपाल कहिलेदेखी स्वतन्त्र छ ? नेपालको भाषा, संस्कृतिका बारेमा विश्वसामु पस्किनुपर्छ,’ उनले भने।

उनले नेपालका सञ्चारमाध्यमको विकासका लागि उचित नीति, ऐन निर्माण हुन नसकेको पनि बताए।
 

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, भदौ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्