Kathmandu Press

विद्युत प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब,

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए। 
विद्युत प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब,

काठमाडौं, भदौ १ : नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ। यसबीचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याज लगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। 

नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए। 

Hardik ivf

उनका अनुसार सञ्चालन खर्च, ब्याज खर्च लगायतका सम्पूर्ण खर्चहरु सहित आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो।

शाक्यका अनुसार प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा देशभर ५९५ घण्टा विद्युत ट्रिप भएको जनाएको छ।

आगामी वर्ष यो संख्या घटाउने लक्ष्य लिँदै प्राधिकरणले ट्रिपको मात्रा कम्तीमा १० प्रतिशतले घटाइने जनाएको छ । उनले भने, ‘गत वर्ष २०८१/८२ मा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिप भएको थियो।  जुन यो वर्ष घट्ने क्रममा रहेको छ। घटीमा १० प्रतिशत जति ट्रिप कम गरी विश्वसनियता बढाइने छ।' 

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, भदौ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्