Kathmandu Press

गण्डकी प्रदेशमा ८११ जनामा डेंगु संक्रमण

सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेंगु संक्रमण देखिएको हो।
गण्डकी प्रदेशमा ८११ जनामा डेंगु संक्रमण

कस्की, भदाै १ : गण्डकी प्रदेशमा डेंगु संक्रमितको संख्या ८११ पुगेको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार यो गत पुस महिनायताको तंथ्यांक हो। 

त्यस्तै पछिल्लो तीन सातामा मात्र २०२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेंगु संक्रमण देखिएको हो।

पोखरामा हालसम्म चार सय ३२ जनामा डेंगु सङ्क्रमण देखिएको छ। पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेंगुका बिरामी थपिएका थिए।

डेंगु संक्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो। 
 
प्रकाशित मिति: १३:२५ बजे, आइतबार, भदौ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्