युएई सरकारले दियो एक सय २० नेपालीलाई आममाफी
नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको हो ।
काठमाडौँ, भदौ १ : संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ ।
नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको हो ।
इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ ।
प्रकाशित मिति: ०८:१९ बजे, आइतबार, भदौ १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार