कुशलको अर्धशतका बाबजुद नेपाल बंगलादेश एसँग पराजित
डर्विनमा केहीबेरअघि सकिएको खेलमा नेपाल बंगलादेश एसँग ३२ रनले पराजित भयो। यसअघि नेपाल शुक्रबार नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित भएको थियो।
काठमाडाैं, साउन ३१ : अस्ट्रेलियामा जारी टप इन्ड टि–२० सिरिजमा नेपालले लगातार दाेस्राे हार व्यहाेरेकाे छ।
डर्विनमा केहीबेरअघि सकिएको खेलमा नेपाल बंगलादेश एसँग ३२ रनले पराजित भयो। यसअघि नेपाल शुक्रबार नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित भएको थियो।
पहिला ब्याटिङ गर्दै बंगलादेश एले दिएको १८७ रनको लक्ष्य पछ्याको नेपालले कुशल मल्लाको अर्धशतक मद्दतमा ७ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो । कुशलले ४७ बलमा ६ चौका र १ छक्का माद्दतमा ५९ रन बनाए। यस्तै, आसिफ २८, लोकेश बमले १५ तथा नन्दन यादवले १४ रन बनाए।
बलिङमा बंगलादेशका रकिबुल हसनले ४ ओभरमा १८ रन मात्र खर्चेर ३ विकेट लिए भने हसन महमुदले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाएर १८६ रन बनायो। उसका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए । उनले ४६ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै अफिफ होसेनले अविजित ४८ रन बनाए। उनले २३ बलमा ९ चौका प्रहार गरेका थिए। मोहम्मद नइमले १८ बलमा २५ रन बनाए।
बलिङमा नेपालका लागि रिजन ढकालले २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान १ विकेट लिए।
नेपालले बंगलादेशविरुद्ध तीन परिवर्तन गरेको थियो। पहिलो खेलमा रहेका सोमपाल कामी, रुपेश सिंह र साहब आलमको स्थानमा करण केसी, नन्दन यादव र रिजन ढकाललाई मौका दिएको थियो।
नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।












-(86)-1764936079.jpg)