Kathmandu Press

रोटरी क्लब अफ मातृभूमि बालुवाटारको युवा बिशेष छलफल कार्यक्रम सम्पन्न 

रोटरी क्लब अफ मातृभूमि बालुवाटारको युवा बिशेष छलफल कार्यक्रम सम्पन्न 

काठमाडौं , साउन ३१ : अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा रोटरी क्लब अफ मातृभूमि बलुबाटारले "Lead the Change: Youth for a Better Tomorrow" शीर्षकमा विशेष प्यानल डिस्कसन प्लेनरी सेसनको आयोजना गरेको छ। कार्यक्रममा Interact 7 Rotaractका ७० भन्दा बढी युवाको  साथै रोटेरियन तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा कान्तिपुर एफएमका स्टेशन म्यानेजर पवन आचार्य र नेबिसंघ केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा परिषद्का सदस्य एलिजा ढकाल बक्ताको रुपमा रहेका थिए । कार्यक्रममा आचार्यले मिडिया र युवा सशक्तीकरणबीचको सम्बन्धबारे धारणा राख्दैं भने “युवाको कथा हेडलाइन मात्र होइन रोडम्याप हो। मिडियाले के बिग्रिएको छ सँगै के बिग्रन नदिने भन्नेको मार्ग देखाउनुपर्छ ।  बित्रिन नदिन सकिन्छ भन्ने गार्ग देखाउनुपर्छ।”

Hardik ivf

यस्तै ढकालले भनिन्, “युवा भोलिका मात्र होइनन् आजका नीति निर्णायक हुन। विश्वस्तरका सीप सिकों फेरि फर्केर मातृभूमिमा लगानी गरौं ।” सोसल मिडियामा फैलिएको निरासाबारे उनले निराशालाई बहाना होइन कार्ययोजना बनाउनुपर्नेमा जोड दिईन् । 

c3b0d4a0-f098-49a3-a875-309c8a305db8-1755347649.jpg
कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष निर्मल ढकालले गरेका थिए । रोटरी डिस्ट्रिक्ट ३२१२ का डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटेरियन विष्णु बहादुर कार्की प्रमुख अतिथि र गभर्नर रोटेरियन महेन्द्र राज भुसाल विशेष अतिथिका रूपमा रहेका थिए । कार्यक्रमको सञ्चालन सुबारा शर्मा सापकोटाले गरेका थिए भने सम्पादन तथा प्यानल मोडरेशनको पुर्ण जिम्मेवारी पूर्व अध्यक्ष रोटेरियन विष्णु हरि दाहालले निर्वाह गरेका थिए । 

कार्यक्रममा चार्टर प्रेसिडेन्ट निगम हुमागाईले युवा शक्ति भविष्यको मात्र हैन आजकै परिवर्तनको मुख्य उर्जा भएको भन्दै क्षमता, चरित्र र सेवा भाव एकसाथ जोड्न सके युवाले देश बदल्ने तर्क गरे । 
 

प्रकाशित मिति: १८:१९ बजे, शनिबार, साउन ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्