Kathmandu Press

विप्लवको घरमा प्रहरीको छापा

कपिलवस्तु, फागुन २३ : नेकपाका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’को कपिलवस्तुस्थित घरमा प्रहरीले छापा हानेको छ ।

बिहीबार बिहान शिव....

विप्लवको घरमा प्रहरीको छापा
फाइल फोटो

कपिलवस्तु, फागुन २३ : नेकपाका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’को कपिलवस्तुस्थित घरमा प्रहरीले छापा हानेको छ ।

बिहीबार बिहान शिवराज नगरपालिका–९ शिवगढीस्थित घरमा प्रहरीले छापा हानेको हो । त्यहाँ उनका भतिजा यादव चन्द बस्दै आएका थिए ।

प्रहरीले छापा हान्दा स्थानीय बासिन्दा प्रतिकारमा उत्रिएका थिए । स्थानीय बासिन्दासँगको घम्साघम्सीमा दुई प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका हुन् ।

चन्द्रौटा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वर उपाध्यायका अनुसार, विप्लवको घरबाट प्रहरीले एउटा एसएमजी राइफल र त्यसको तीनवटा म्यागेजिन, एउटा चाइनिज पेस्तोल र त्यसको दुइटा म्यागेजिन, ४० मिटर तार र एउटा रिमोट बरामद गरेको गरिएको छ ।

त्यस्तै, प्रहरीले विप्लवकै पार्टीका नेता दुर्गाबहादुर रोकाको घरमा पनि छापा हानेको छ । प्रहरी घरमा आएपनि भाग्न खोजेका रोकालाई गोली हानिएको छ । उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । रोकाको बुटबलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १९:५८ बजे, बिहीबार, फागुन २३, २०७५