ललितपुर महानगर शिक्षाको हब भएको प्रमाणित भएको छ : प्रमुख महर्जन
शुक्रबार ललितपुर महानगरपालिकाले सामूदायिक विद्यालयबाट एसईइमा ४ जीपिए ल्याउन सफल भएका विद्यार्थीलाई ललितपुर महानगरपालिकाका महानगर प्रमुख चिरीबाबु महर्जनद्धारा सम्मान गरेको हो।-(1)-1755266967.jpg)
काठमाडौं, साउन ३० : ललितपुर महानगरपालिकाले यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ।
शुक्रबार ललितपुर महानगरपालिकाले सामूदायिक विद्यालयबाट एसईइमा ४ जीपिए ल्याउन सफल भएका विद्यार्थीलाई ललितपुर महानगरपालिकाका महानगर प्रमुख चिरीबाबु महर्जनद्धारा सम्मान गरेको हो।
त्यस्तै सम्मान कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिका शिक्षाको हब भनेर ९ फरक तरिकाबाट प्रमाणित भएको बताएका छन्। उनले यो बर्ष ललितपुर महानगरपालिकामा साडे ९१ प्रतिशत विद्यार्थीहरु सफल भएको बताए।
-(1)-1755266964.jpg)
‘ललितपुर महानगरपालिका शिक्षाको हब भनेर नौं फरक तरिकाबाट प्रमाणित भएको छ। यो बर्ष ललितपुर महानगरपालीकामा साँढे ९१ प्रतिशत विद्यार्थीहरु सफल भएको छ। यसका लागि सम्पूर्ण विद्यालयका प्रध्यानाध्यापकहरुलाई धन्यवाद दिन चाहन्छु। हामीले यो सुरु गर्दा सुरुमा मूलुकभरीबाट जीपिए ४ ल्याउने जम्मा ४० जना रहेका छन’, उनले भने।












