रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य शिविर
बिएम फाउन्डेशनको आयोजना तथा स्थानीय नवदीप यूथ क्लबको संयोजनमा आयोजित शिविरमा सामान्य उपचार, स्त्रीरोग, हाड जोर्नी तथा नशा रोग, छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।
स्याङ्जा, साउन ३० : स्याङ्जाको कालिगण्डकी–५, नयाँमिलमा आयोजित स्वास्थ्य शिविरमा झण्डै २ सय जना लाभान्वित भएका छन्।
एक दिने शिविरमा स्याङ्जा जिल्लाका र आसपासका स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बिएम फाउण्डेशनका संस्थापक एवं रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका असिस्टेन्ट गभर्नर डा॰ बुद्धिमान श्रेष्ठले बताए ।
स्थानीय ज्येष्ठ नागरिक दिल बहादुर नेपालीको स्वास्थ्य परीक्षण गरेर शिविरको सुरुआत गरिएको थियो।
बिएम फाउन्डेशनको आयोजना तथा स्थानीय नवदीप यूथ क्लबको संयोजनमा आयोजित शिविरमा सामान्य उपचार, स्त्रीरोग, हाड जोर्नी तथा नशा रोग, छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।
जीएमसी अस्पताल पोखराबाट गएको चिकित्सक टोलीले शिविरमा आएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए।
शिविरमा हाड जोर्नी, उच्च रक्तचाप र मधुमेहका बिरामी धेरै थिए। थप उपचार आवश्यक भएका बिरामीलाई जीएमसी अस्पताल पोखरा रिफर गरिएको छ ।
कार्यक्रमको सहआयोजक रोटरी न्यातपोल, रोटरी क्लब अफ काठमाडौँ नर्थ, रोटरी क्लब अफ ग्रीनल्यान्ड काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ डाउन, रोटरी क्लब अफ ठमेल काठमाडौँ र जीएमसी अस्पताल पोखरा रहेका थिए।












