Kathmandu Press

टप इन्ड टि–२० सिरिज नर्दन स्ट्राइकले नेपाललाई दियो १७८ रनको लक्ष्य

टस जितेर पहिला बलिङ गरेको नेपालले स्ट्राइकलाई १७७ रोक्दै १७८ रनको मध्यम लक्ष्य पाएको छ। खेलमा नर्दनले उत्कृष्ट सरुआत गरेपनि नेपालले डेथओभरमा उत्कृष्ट बलिङ गरेको थियो।
टप इन्ड टि–२० सिरिज नर्दन स्ट्राइकले नेपाललाई दियो १७८ रनको लक्ष्य

काठमाडाैं, साउन ३० : अस्ट्रेलियामा जारी टप इन्ड टि–२० सिरिजको पहिलो खेलमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। डार्विनमा जारी खेलमा विशेषतः स्पिनरहरु चम्किएपछि नेपालले नर्दन टेरिटोरी स्ट्राइकलाई १७७ रनमै रोकेको छ।

टस जितेर पहिला बलिङ गरेको नेपालले स्ट्राइकलाई १७७ रोक्दै १७८ रनको मध्यम लक्ष्य पाएको छ। खेलमा नर्दनले उत्कृष्ट सरुआत गरेपनि नेपालले डेथओभरमा उत्कृष्ट बलिङ गरेको थियो।

नर्दनका लागि कप्तान डार्ची सर्टले अर्धशतक बनाए। उनले ३४ बलमा ७ चौका र १ छक्का मद्दतमा ५१ रन बनाए। उनले सन्दीप लामिछानेको दोस्रो ओभरमा लागतार ४ चौका प्रहार गरेका थिए। यस्तै, थोमस एन्ड्रयूले २६ बलमा ३२ न बनाउँदा ज्याक सिल्कले १९ र कर्नर क्यारोलले १८ रन बनाए। 

बलिङमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए। उनले आफ्नो दोस्रो ओभरमा १७ रन खर्चिएका थिए। यस्तै, साहब आलमले २ तथा रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान १ विकेट लिए।

प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, साउन ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्