Kathmandu Press

तामाकोशी–सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आह्वान

कम्पनीका अनुसार साउन ३१ गते शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म दोलखा जिल्लाको विगु गाउँपालिका–१ मा अवस्थित ४५६ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रको जलाशय सफा (रेजर्भोयर फ्लसिङ) गर्ने कार्यक्रम रहेको छ।
तामाकोशी–सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आह्वान

रामेछाप, साउन ३० : अपर तामाकोशी हाइड्रोपावर लिमिटेड अन्तर्गतको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले भोली शनिबार तामाकोशी तथा सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

कम्पनीका अनुसार साउन ३१ गते शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म दोलखा जिल्लाको विगु गाउँपालिका–१ मा अवस्थित ४५६ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रको जलाशय सफा (रेजर्भोयर फ्लसिङ) गर्ने कार्यक्रम रहेको छ।

Hardik ivf

यस अवधिभर तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीको दोभानसम्म पानीको सतह बढ्ने–घट्ने चक्र रहने भएकाले सतर्क रहन आग्रह गरिएको हो।

सो अवधिमा तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ लैजाने, गिटी–बालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्य नगर्न÷नगराउन तथा नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपरे अत्यन्त सावधानीका साथ मात्र गर्न अनुरोध गरिएको छ।

यसै सन्दर्भमा, जिल्ला प्रशासन कार्यालय रामेछापले पनि सार्वजनिक सूचना जारी गर्दै नदी किनारमा माछा मार्ने, पौडी खेल्ने, लुगा धुने, गाडी तर्ने, बालुवा–गिट्टी निकाल्ने जस्ता गतिविधिहरू नगर्न आग्रह गरेको छ। 

साथै, धार्मिक संस्कार वा मृतकको दाहसंस्कार गर्नुपर्दा सावधानीपूर्वक मात्र गर्न अनुरोध गरिएको छ।

प्रशासनले आकस्मिक जोखिम न्यूनीकरणका लागि स्थानीय बासिन्दा, माछा मार्ने समुदाय र धार्मिक कार्यमा संलग्न सबैलाई सचेत रहन आह्वान गरेको हो।
 

प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, साउन ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्