Kathmandu Press

टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो खेल खेल्दै

टप इन्ड टि–२० सिरिज खेल्ने केही दिनअघि अस्ट्रेलिया पुगेको नेपाली टिममले आज सिरिजको पहिलो खेलमा आयोजक टिम नर्दन टेरिटोरी स्ट्राइकर (एनटी)सँग खेल्दै छ।
टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो खेल खेल्दै

काठमाडाैं, साउन ३० : नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पहिलो पटक अस्ट्रेलियामा क्रिकेट खेल्दैछ। 

टप इन्ड टि–२० सिरिज खेल्ने केही दिनअघि अस्ट्रेलिया पुगेको नेपाली टिममले आज सिरिजको पहिलो खेलमा आयोजक टिम नर्दन टेरिटोरी स्ट्राइकर (एनटी)सँग खेल्दै छ। यो खेल नेपाली समयअनुसार दिउासो २ः१५ बजे सुरु हुनेछ। 

नेपाली टोलीले  टि–२० विश्वकपको छनोटको तयारीका लागि यो सिरिज खेल्ने लागेको हो। नेपाली टिम रोहित पौडेलको कप्तानीमा मैदान उत्रने छ भने एनटीको नेतृत्व अनुभवी खेलाडी केन रिचार्डसनले गर्ने छन्। 

एनटी यो सिरिजको पहिलो संस्करणको विजेता हो। ऊ अघिल्लो संस्करणमा पनि सेमिफाइनलसम्म पुगेको थियो। टिममा कप्तान रिचर्डसनसँगै ज्याकोब डिकमन, डार्ची सर्ट, जोर्डन सिल्कलगायत खेलाडी छन्।

यो सिरिजमा नेपालले लिग चरणमा ६ खेल खेल्ने छ। जसमा नेपालले पाकिस्तान र बंगलादेशको ए टिमसँगै बिग बास लिग टिमहरु मेलबर्न स्टार्स, मेलबर्न रेलिगेट्स र होबर्ट होरिकेन्ससँग खेल्ने छ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम। 
 

प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, साउन ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्