Kathmandu Press

पर्वतारोहण संघ अध्यक्षमा कुलबहादुर गुरुङ प्यानलको उम्मेदवारी घोषणा

उनले नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहणको ठूलो भूमिका रहेको भन्दै यस क्षेत्रलाई थप उचाइमा पुर्‍याउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए।
पर्वतारोहण संघ अध्यक्षमा कुलबहादुर गुरुङ प्यानलको उम्मेदवारी घोषणा

काठमाडौं, साउन २९ : नेपाल पर्वतारोहण संघमा कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। 

बिहीबार नेपाल पर्वतारोहण संघ केन्द्रीय समितिको निर्वाचनमा अध्यक्षका प्रत्यासी गुरुङले व्यवसायीक तथा समावेशी समूहको उम्मेदवार घोषणा गरेको बताए।

Hardik ivf

उनले नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहणको ठूलो भूमिका रहेको भन्दै यस क्षेत्रलाई थप उचाइमा पुर्‍याउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए।

गुरुङको टिमबाट वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा बिमलकुमार नहर्कीले चुनावी प्रतिस्पर्धा छन्। सचिवमा ङीमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामामा उम्मेदवारी दिउका छन्। 

Photo-(1)-(22)-1755175189.jpg
 

इयस्तै, सदस्यहरूमा पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा प्रत्यासी रहेका छन्। 

यो समूहले सुरक्षित, जिम्मेवार र दिगो हिमाली पर्यटन, हिमाल संरक्षण र जलवायु कूटनीति, स्थानीय समुदायको सशक्तीकरण र आर्थिक समृद्धि, नयाँ पुस्ता र सीप विकास, संस्थागत पारदर्शिता र प्रभावकारी सेवा,  अन्तर्राष्ट्रिय प्रवद्र्धन र कूटनीतिक नेतृत्व गर्ने विषयमा मुख्य एजेन्डा बनाएको छ। 

संघको चुनाव आगामी भदौ ७ गते हुँदैछ। 

प्रकाशित मिति: १८:२५ बजे, बिहीबार, साउन २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्