Kathmandu Press

नेपाल बाल संगठन पुनर्जीवित गर्न जोड

उनले बाल संगठनलाई सक्रिय बनाएर बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए। 
नेपाल बाल संगठन पुनर्जीवित गर्न जोड

मोरङ, साउन २९ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाल बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन्। 

विहीबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले बाल संगठनलाई सक्रिय बनाएर बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए। 

Hardik ivf

मुख्यमन्त्री कार्कीले नेपालमा संस्थाहरू खोलिने तर त्यसलाई ध्यान नदिइने प्रवृत्तिको आलोचना गर्दै पुराना संरचनाहरू पुनर्संरचना गरेर क्रियाशील बनाउनुपर्ने आवश्यकता औल्याएका छन्। उनले भने, ‘संरचनाहरू छन् तर त्यसले रिजल्ट दिएको छैन। अब पुनर्संरचना गरेर अगाडि बढ्नुपर्छ।’

बालबालिका हाम्रो भविष्य भएको उल्लेख गर्दै उनले उनीहरूलाई असल संस्कार र समाजप्रति उत्तरदायी बनाउन संगठनको भूमिका महत्वपूर्ण हुने पनि बताए।

बाल संगठनको भौतिक संरचना र सम्पत्तिको अध्ययन गरी यथार्थ विवरण तयार गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको र त्यसको आधारमा आगामी नीति तथा कार्यक्रम बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। 

कार्यक्रममा नेपाल बाल संगठनकी केन्द्रीय अध्यक्ष विद्या न्यौपानेले संगठनको वर्तमान अवस्था र चुनौतीहरूबारे जानकारी गराएकी थिइन्। मुख्यमन्त्री कार्कीले संघीय सरकारसँगको समन्वयमार्फत मात्रै बाल संगठनलाई अघि बढाउन सकिने पनि उल्लेख गरे।
 

प्रकाशित मिति: १७:५० बजे, बिहीबार, साउन २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्