नेपालले अस्ट्रेलियामा थप ५ अभ्यास खेल खेल्ने
टि–२० विश्वकप छनोटको तयारी गरिरहेको नेपाली टिममले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
काठमाडाैं, साउन २९ : अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम टप इन्ड टि–२९ सिरिज खेल्ने अस्ट्रेलिया पुगेको छ। सिरिज आजबाट डार्विनमा सुरू हुँदैछ।
यो सिरिज लगत्तै नेपाली टिमले थप ५ अभ्यास खेल खेल्ने भएको छ।
टि–२० विश्वकप छनोटको तयारी गरिरहेको नेपाली टिममले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। जसमा ४ टि–२० र एक एकदिवसीय खेल हुनेछ।
नेपालको टि–२० खेल २६ र २८ अगस्तमा हुने छ। २६ अगस्तमा नेपालले एकैदिन एसिटीसँग दुई खेल र २८ अगस्तमा साउथ अस्ट्रेलियासँग २ खेल खेल्ने छ।
क्यानका अनुसार नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ।
प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, साउन २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)